पछिल्लो २४ घन्टामा ३,५५६ जनामा कोरोना भाइरसको संक्रमण

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज २७ । नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर बढेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५ सय ५६ जनासहित देशभर संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको जानकारी दिनुभयो । संक्रमितमध्ये ७८ हजार ७ सय ८० जना निको भएर फर्किएका छन् भने कोरोना संक्रमणबाट ६ सय ६३ जनाको ज्यान गुमाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts