जोखिममा परेकी ताप्लेजुङकी एक गर्भवती महिलालाइ सरकारले ग¥यो उडान उद्धार
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २१ । गर्भमा गम्भिर जटिलताका बीच निरन्तर रक्तश्रावका कारण जीवन जोखिममा परेकी ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाकी ३५ बर्षिय महिलालाइ सरकारले हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि कोशी अञ्चल अस्पताल बिराटनगर लगेको छ । आठराइ त्रिबेणी गाउँपालिका वडा नं ३ हाङ्पाङकी ३५ बर्षिय गर्भवती चन्द्रकला बिकलाइ राष्ट्रपति निःशुल्क हवाइ उद्धार सेवा कार्यक्रममार्फत उद्धार गरी उपचारका लागि लगिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले जानकारी दिनुभयो ।
गर्भवति ति महिलाको स्वास्थ्य अवस्था जटिल बनेको अवस्थामा आमा र पेटमा रहेको बच्चा समेतको जीवन बचाउनुपर्ने देखेर प्रशासन कार्यालयले उडान उद्धार गर्न नेपाल सरकार,महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा अनुरोध पत्र पठाएको थियो ।‘जोखिममा परेकी महिलाको उद्धारका लागि हाम्रो अनुरोधलाइ स्वीकार गरेर सरकारले औधि राम्रो काम गरेको छ’नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तर्दथ समितिका सदस्य समेत रहनु भएका जिल्ला सभापति इन्द्रबहादुर गुरुङले भन्नुभयो । उहाँका अनुसार आर्थिक रुपमा अति बिपन्न ति महिलाका श्रीमान्को बोली आउँदैन । यो अवस्था बारे रेडक्रसको हाङपाङ उपशाखा तथा जिल्ला शाखाले प्रशासन कार्यालय र ताप्लेजुङ अस्पताल सहितका निकायमा समन्वय गरेको समेत गुरुङले जानकारी दिनुभयो ।
रेडक्रसका जिल्ला मन्त्री विकास गौतमका अनुसार उपचारका लागि अस्पतालमा भर्ना भएकी यि गर्भवती महिलालाइ यसअघि नै बिभिन्न दाताहरुमार्फत ४ पोका रगत दिई सकिएको थियो । ब्लड बैंक नभएको ताप्लेजुङमा रक्तदाता खोजेर रगतको अभाव टार्ने गरिन्छ । जिल्ला रेडक्रस सोसाइटीले रक्तसमूह अनुसारका व्यक्तिको पहिचान गर्नेगरी नामावली अद्यावधिक कार्य गर्दै आइरहेको छ । स्थानीय बाहेक रक्त समूह मिलेका राष्ट्रसेवक,जंगी,नेपालप्रहरी र सशस्त्र प्रहरी कर्मचारीले समेत अभावका बेला मिल्दो समूहको रगतदान गर्दै आईरहनु भएको छ । ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार पेटमा ३० हप्ताको वर्भ रहेकी ति महिलामा प्लासेन्टा पृभियाको समस्या रहेको छ । लामाका अनुसार यो भनेको निकै गम्भिर प्रकृतिको समस्या छ ।‘चन्द्रकलाको पेटको बच्चाको मुटुको धड्कन सुनिएपनि निरन्तर रक्तश्राव भइरहने समस्याले चन्द्रकलाको जीवन जोखिममा रहेको थियो’डाक्टर लामाले भन्नुभयो । समस्या जटिल बन्दै गएपछि अस्पतालले आफ्नो फेसबुकपेजमार्फत मनकारीहरुलाइ उद्धारको पहल लिइदिन आग्रह समेत गरेको थियो ।‘त्यो मनकारी काम सरकार आफैंले ग¥यो’रेडक्रसका जिल्ला सभापति गुरुङले भन्नुभयो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जोखिममा परेकी गर्भवती महिलाको उद्धार गरेर सरकारले जनताको पक्षमा रहेको साबित गरिदिएको बताउनुभयो ।