अस्पतालबाट फर्किए ट्रम्प, ह्वाइट हाउसमै उपचार हुने
(एजेन्सी),असोज २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पालबाट ह्वाइट हाउसमै फर्किएका छन् । कोरानो संक्रमण देखिएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प कोरोना नेगेटिभ नहुँदै ह्वाइट हाउस फर्केका हुन् । उनको अब ह्वाइट हाउसमै उपचार हुने न्यू योर्क टाइम्सले जनाएको छ । ह्वाइटहाउसका चिकित्सक डा. सिन कोन्लेले ट्रम्पको स्वास्थ्यमा सुधार आइरहेकाले अस्पतालबाट फर्केको बताए । यद्यपि उनी पूर्ण रुपमा निको भने भइसकेका छैनन् । ह्वाइटहाउस फर्कनुअघि ट्वीट गर्दै ट्रम्पले ‘चाँडै चुनावी अभियान सुरु गर्ने बताएका छन् । (नागरिक अनलाइनबाट)