|

फुङ्लिङ १ मा जनजाति महासंघको वडा कमिटी गठन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १९ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. १ मा नेपाल आदिवासी जनजाति महासंघको वडा कमिटी गठन भएको छ । गएको शनिबार सम्पन्न अधिवेशनले सन्तोष तुम्बाहाम्फेको अध्यक्षतामा १५ सदस्यीय जनजाति महासंघको वडाकमिटी गठन भएको हो ।
महासंघ वडा कमिटीको उपाध्यक्षहरुमा रुविना इवारम, सरु लिम्बू र पोष्टबहादुर गुरुङ, सचिवमा खगेन्द्र मादेन, सहसचिवहरुमा काजीमान लिम्बू, सन्जिव तामाङ र धनकुमार येङ्देन तथा कोषाध्यक्षमा विनिता येङ्देन चयन हुनुभएको छ । सदस्यहरुमा चन्द्र सुनुवार, कार्के शेर्पा, चन्द्र फेम्बु, किरण मादेन, रुद्र मादेन र दिवा लिम्बू हुनुहुन्छ ।
वडा अधिवेशन जनजाति महासंघ फुङ्लिङ नगर कमिटी अध्यक्ष एमवी लामा, सचिव ठाकुरसिंह लिम्बू र फोनिजका जिल्ला अध्यक्ष दिनेश लिङ्खिम लगायतको उपस्थितिमा सम्पन्न भएको बताइएको छ । हाल फुङ्लिङ नगरपालिकाभित्र विभिन्न वडामा जनजाति महासंघको वडा कमिटी गठनको क्रमलाई निरन्तरता दिँदै आएको नगरकमिटी अध्यक्ष लामाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts