|

डाका मुद्दाका फरार प्रतिवादी ९ बर्षपछि पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १८ । डाका मुद्दामा अदालतले कैद तथा जरीवानाको फैसला सुुनाएका एक अभियुक्तलाई ताप्लेजुङ प्रहरीले ९ बर्षपछि पक्राउ गरेर कारागार चलान गरेको छ । पक्राउ पर्नेमा मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राका कमल शेर्पा रहनु भएको छ । उहाँ घटनाको अभियोग लागेका बखत १७ बर्षका हुनुहुन्थ्यो । डाका सम्वन्धी मुद्दामा अदालतले उहाँलाइ ६ बर्ष कैद र २ हजार ३०० रुपैंया जरीवाना हुने फैसला गरेको थियो । २०६६ साल माघ ९ गते मेरिङ्देन गाउँपालिका वडा न. १ थिङ्लाबुका नितेम्बा शेर्पाको परिवारलाइ कमलसहित ६ जनाको समूहले हातहतियार देखाइ कब्जामा लिइ नगद तथा सुनका गरगहना लुटी लगेको अभियोग थियो । अदालतले उहाँलाइ २०६८ साल चैत २६ गते दोषी ठहर गर्दै कैद र जरीवानाको फैसला सुनाएसंगै उहाँ फरार रहनु भएको थियो । नितेम्बाको किटानी जाहेरीका आधारमा प्रहरीले २०६६ साल चैत ५ गते उहाँसहित घटनामा संलग्न सबैलाइ पक्राउ गरी अनुसन्धान पश्चात प्रस्तुत मुद्दा अदालतमा पेश गरेको थियो । अनुसन्धानको प्रारम्भिक चरणमा पक्राउ परेका सबै अदालतबाट जनही १ हजार ५५० रुपैंया धरौटीमा छुटी गएकोमा कमलको हकमा २०६८ साल चैत २६ गते अदालतले ६ बर्ष कैद र २ हजार ३०० रुपैंया जरीवाना हुने फैसला गरेको थियो । फैसला पछि फरार रहेका उनलाइ गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी अदालत पेश गर्दा आदेश भए बमोजिम कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख(डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts