|

ताप्लेजुङको नाल्बुमा बन्यो स्वास्थ्य चौकी र बर्थिङ सेन्टर

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १६ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ६ नाल्बुमा नवनिर्मित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । आर्थिक बर्ष २०७२।०७३ मा स्वास्थ्य मन्त्रालद्धारा बिनियोजित १ करोड ७० लाख ६९ हजार रुपैंयाको बजेटबाट निर्मित भवनको तत्कालिन संबिधानसभाका सदस्य डम्बरध्वोज तुम्बाहाम्फे उद्घाटन गर्नु भएको छ । यसअघि स्वास्थ्य चौकीको रुपमा त्यहाँ सेवा प्रवाह हुने गरेपनि यो स्थानमा बर्थिङ सेन्टर भने थिएन । अन्तराष्ट्रिय गैर सरकारी संस्था वन हर्ट वल्ड वाइडले प्रसुति कार्यका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणको उपलब्धता तथा स्वास्थ्यकर्मीलाइ दक्षता विकास अनुशिक्षण प्रदान भएपछि बर्थिङ सेन्टरबाट सेवा प्रवाह सुरु भएको गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,उपप्रमुख देवीमाया नेपाली,गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बू,उपाध्यक्ष कल्पना तुम्बाहाम्फे,प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङ्देम्बे तथा निर्माण कम्पनी सुवर्ण÷हिमालयन÷जेभीका प्रोपाइटर इन्द्र केदेम सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts