बीरेन्द्रको ‘जाले रुमाल’ले छोटो समयमै बटुल्यो सर्वाधिक चर्चा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १५ । प्रेमिल कथामा सर्मपित भएको गीत र म्युजिक भिडियो ‘जाले रुमाल’ले सार्वजनिक भएको छोटो समयमै सर्वाधिक चर्चा बटुल्न सफल भएको छ । उदयमान पूर्बेली गायक बीरेन्द्र श्रेष्ठले नेपालकै चर्चित गायिका मेलिना राइको साथमा गाएको गीत र म्युजिक भिडियो जनप्रिय भएको हो । लोक पप जनरमा गाईएको गीत प्रेमिल भएर पनि सन्देशमुलक छ । प्रेमी–प्रेमिकाले मायोको चिनो स्वरुप रुमाल साटेमा त्यो माया दीर्घकालिन हुन्न भन्ने बिद्यनमा मान्यता बिपरित गीतले‘रुमाल जाली भएपनि,माया जाली नभए प्रेममा फरक पर्दैन भन्ने पुष्टी गर्न खोजेको छ ।‘नेपाली सांगितिक क्षेत्रमा सन्देशसहितको बिल्कुलै नयाँपन दिने गीत र म्युजिक भिडियो निर्माण भएको छ’गायक श्रेष्ठले भन्नुभयो । इनाक्सी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट बुधवार अपरान्ह रिलिज भएको गीत र म्युजिक भिडियोलाई २४ घण्टाकै अवधिमा ३ लाख बढी दर्शकले हेरेका छन् । भीम बिष्टको संगित रहेको गीतले घामलाइ कालो बादलले छोपेर पानी पर्ने वातावरण बनाए झैं माया जालमा पर्नलाइ दिउँसैं सपनी देख्नेहरुको कहानी बोलेको छ । गीतको पहिलो हरफले प्रेमिल कथा उद्गार गरेसंगै दोस्रो हरफबाट भने प्रेममा डुबेकाहरुलाइ बाँकी भबिष्यका लागि लिनुपर्ने जिम्मेवारीप्रति सजग गराएका सन्देशहरु प्रवाह हुन्छन् । गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित नायक पल शाह, सरोज अधिकारी, चर्चित मोडल रियाशा दहाल र आष्मा बिश्वकर्माको अभिनय देख्न सकिनेछ । म्युजिक भिडियो संघीय राजधानीको पाँचतारे होटेल याक एण्ड यतिमा छायाङ्कन गरिएको थियो । भिडियोमा पल र सरोज दरबारका युवराजको भूमिकामा देखिनु भएको छ । म्युजिक भिडियोमा पल र सरोजको पहिलो सम्बाद्ध नै रोमाञ्चक सुरु हुन्छ । जाली रुमालको शंकामा बेरिएका सरोजलाई पलले सम्झाउँदै भन्नुहुन्छ‘रुमाल जाली भएनी,माया जाली नहोस्’ । ‘तिम्रो मनसंग आज’भन्ने गीतमार्फत सांगितक क्षेत्रमा उदाएका बीरेन्द्रले मेनिलाको साथमा यो दोस्रो पटक गीत गाउनु भएको हो । ‘आँखा लाउँछन् नी ! बोलको गीत बीरेन्द्र र मेलिनाको पहिलो थियो । अघिल्लो बर्ष अञ्जु पन्तको साथमा ‘पिरिमको बाढी’गीत र म्युजिक भिडियो सार्वजनिक गर्नु भएका बीरेन्द्र एकपछि अर्को गर्दै गीत–संगितमा डुब्न थाल्नु भएको छ । लक डाउनको करिव ४ महिनाको घर बसाइ उहाँका लागि संगित सिक्ने अवसर बन्यो ।‘यहिँ अवधिले मलाइ‘जाले रुमाल’गाउन र म्युजिक भिडियो बनाउन प्रेरित ग¥यो‘श्रेष्ठले भन्नुभयो । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनाममा जन्मिनु भएका श्रेष्ठ अहिले भने राजधानी काठमाडौमै बसोबास गनुहुन्छ । एकल गायनमा रहेका ‘घर हाम्रो लेकैमा, हिउँ पर्यो फुरुरु जस्ता बीरेन्द्रका चर्चित गीतहरु सदाबहार छन् । नेपालको जलबिद्युत क्षेत्रमा करिव २५ बर्ष व्यतित गरेका उहाँ हाइड्रो इञ्जिनयर हुनुहुन्छ । रसियामा अध्ययन गर्नु भएका उहाँ आफैं परियोजना व्यवस्थापक बनेर आधा दर्जन बढी बिद्युत उत्पादनका योजनालाई पार लगाउनु भएको छ । ताप्लेजुङ र सिन्धुपाल्चोकमा उहाँका आफ्नै लगानीका जलबिद्युत आयोजना निमार्णाधिन अवस्थामा छन् । पछिल्लो ५ बर्ष देखि इञ्जिनियरिङ पेशाबाट बचेको समय गीत–संगितमा खर्चदै आउनु भएका उहाँ एकपछि अर्को धमकेदार प्रस्तुतीका साथ सांगितिक क्षेत्रमा सम्भावना बोकेको व्यक्तिको रुपमा उदाउँदै जानु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts