|

‘जेष्ठ नागरिकहरुलाइ उचित आहार,सम्भार,सफाइ र सम्मान दिऔं’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १५ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित एक कार्यक्रममा जेष्ठ नागरिकहरुलाइ उचित आहार,सम्भार,सफाइ र सम्मानको आवश्यकता औंल्याइएको छ । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङले बिहीबार आयोजना गरेको कार्यक्रमका सहभागीले आहार,सम्भार,सफाइ र सम्मानले जेष्ठ नागरिकहरुको आत्मबल र मनोबल दुबै बृद्धि हुने बताए । कार्यक्रमका प्रमुख अथिति प्रदेशसभा सांसद बलबहादुर साम्सोहाङले जेष्ठ नागरिकहरु अनुभवका खानी भएकोले उनीहरुलाइ सबै क्षेत्रबाट सम्मान र सहयोगको आवश्यकता रहनेमा जोड दिनुभयो । राज्यले जेष्ठ नागरिकहरुको सम्मानका लागि खेल्दै आएको भूमिका थप प्रभावकारी बनाएर उनीहरुको अनुभवलाई प्रेरणाको रुपमा प्रयोग गर्न सक्ने उहाँको बिश्वास थियो । जेष्ठ नागरिक मञ्चका जिल्ला अध्यक्ष टामन सिग्देलले जेष्ठ नागरिकहरुको आत्मबल र मनोबल दुबै दरिलो भएमा उनीहरुको दीर्घजीवनमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनु भएका जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर गम्भिर झाले जेष्ठ नागरिकहरु समाजको अनुभवीय सम्पतिको रुपमा रहेको स्मरण गर्नुभयो । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका टेकनाथ अर्यालका अनुसार सो अवसरमा केन्द्रले जेष्ठ नागरिकहरुलाइ आमलकीचूर्ण,अस्वगन्धाचूर्ण,महानारायण तेल,टुथपेष्ट,ब्रस र मास्कसहितका शक्तिवद्र्धक औषधि र सफाइका सामग्री समेत बितरण गरेको छ । अर्यालले आयुर्बेद औषधिहरुले शक्तिप्रदान,दुखाइ कम र शारिरिक दुर्बलता हटाउन बिशेष भूमिका भएकोले आयुर्बेद औषधिको प्रयोगमा जोड दिनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts