|

पर्सी शुक्रवारबाट पर्वअवधिभर फुङ्लिङ बजार खुल्ने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १४ । साप्ताहिक रुपमा शुक्रवार बन्द हुदैं आएको ताप्लेजुङको फुङ्लिङका बजार पसल मुख्य चाडपर्व अवधिमा भने सबैदिन खुल्ला हुने भएका छन् । ताप्लेजुङ उद्योग बाणिज्य संघको बैठकले दशैं,तिहार र छैट पर्व सम्मका लागि प्रत्येक हप्ताको शुक्रवार बन्द हुने पसल सबैदिनका लागि खुल्ला गर्ने निर्णय गरेको हो । ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत भीष्मराज बरालका अनुसार असोज १६ गते शुक्रवारबाट खुल्ला हुने बजारपसल मंसिर ५ गते शुक्रवार सम्म खुल्ला हुने छन् । मंसिर १२ गते शुक्रवारबाट भने नियमित रुपमा फुङ्लिङका बजारपसल फेरी साप्ताहिक रुपमा बन्द हुनेछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts