| |

ताप्लेजुङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ११ ।
ताप्लेजुङमा आइतबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–७ बहानन्दे सडक खण्डमा ना ६ त ३००० नम्बरको ट्रयाक्टरबाट खसेर स्थानीय २७ वर्षीय दीपेन्द्र ओख्राबु लिम्बूको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार गुडिरहेको ट्रयाक्टरबाट खस्दा लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । सो ट्रयाक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको थियो । यस्तै सदरमुकाम फुङ्लिङभित्रै पराजुली चौकदेखि वीरेन्द्रचौकतर्फ जाँदै गरेको मे १ ज २५६४ नम्बरको बोलेरो जिपको ठक्करबाट एक पैदलयात्री फुङ्लिङ नगरपालिका–५ बस्ने ३५ वर्षीया मञ्जु राई घाइते हुनुभएको छ ।
घाइते राईको टाउकोमा चोट लागेको र उहाँको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो । यता जिप र चालक झापाको बुद्धशान्ति गाउँपालिका–४ बस्ने ४१ वर्षीय राजेन्द्र निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता ट्रयाक्टरबाट खसेर मृत्यु भएका लिम्बूको सव भने जिल्ला अस्पतालको सव गृहमा राखिएको र झापा चारआलीमा रहेका उहाँका आफन्त आइपुगेपछि पोष्टमार्टम गरेर सव बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts