|

१२०७ जना कोरोना सङ्क्रमित थपिए, ११४७ जना निको भए

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौं, असोज १० ।
नेपालमा शनिबार कोभिड–१९ का एक हजार २०७ जना नयाँ सङ्क्रमित थपिएका छन् भने एक हजार १४७ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दश हजार १९ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा एक हजार २०७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसबाट सङक्रमित हुनेको संख्या ७१ ह्जार ८२१ पुगेको छ ।
मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा एक हजार १४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५३ हजार १३ जना सङ्क्रमित निको भइसकेका छन् । हाल १८ हजार ३४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ भने योसँगै मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts