|

एकैदिन १४९७ सङ्क्रमित थपिए, १७ जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौं, असोज ८ ।
नेपालमा कोरोना भाइरसका एक हजार ४९७ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार अर्थात पछिल्लो २४ घण्टामा एक हजार ४९७ जना सङ्क्रमित थपिएका हुन् ।
उक्त संख्याको नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको हो । पछिल्लो २४ घण्टामा ४५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म कुल ५० हजार ४११ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२.७ प्रतिशत पुगेको छ । हाल १८ हजार ४३७ जनामा सङ्क्रमण सक्रिय छ । आइसोलेसनमा कुल १८ हजार ४३७ पुगेको छ । क्वारेन्टिनमा छ हजार ५६५ जना छन् ।
१७ जनाको मृत्यु
यस्तै पछिल्लो चौबीस घण्टामा १७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र अहिलेसम्म कै सबैभन्दा बढी नेपालमा संक्रमितको मृत्यु भएको छ । यसअघि केही दिनअघि मात्र २४ घण्टामा १६ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कुल मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts