ताप्लेजुङको याम्फुदिनका घाइते ३ जनाको अवस्था चिन्ताजनक,मौसमका कारण हेलिकोप्टर उद्धारका लागि जान सकेन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ८ । आफ्नै परिवार भित्रका सदस्यद्धारा अन्धाधुन्ध धारिलो हतियार प्रहार बाट सख्त घाईते ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ८ याम्फुदिनका एकाघरका ३ जनालाई थय उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी लैजान मौसम बाधक भएको छ । उच्च रक्तश्रावका कारण ३ जनाकै ज्यान जोखिममा पर्ने अवस्था भएपछि उनीहरुलाई उद्धार गरी काठमाडौ पठाउन पानी र धुम्मिदो मौसम बाधक बनेको हो । घाइतेलाई लिन आएको हेलिकोप्टर भोजपुरमा आई पुगेको छ । त्यहाँबाट ताप्लेजुङका लागि उड्नमा कुहिरिदो मौसम र पानी बाधक बनेपछि समस्या सृजना भई रहेको चालक दलका सदस्यलाई उधृत गर्दै ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । घटनास्थल याम्फुदिनको मौसम भने सफा रहेकोले उताको मौसम खुल्ने बित्तिकै हेलिकोप्टर घाइतेलाई लिन आउने उहाँले जानकारी दिनुभयो । बाक्फोक(खुकुरी प्रजातिकै हतियार)प्रहारबाट घाइते ६० बर्षिय फुटी भोटे, १८ बर्षिय छिरिङ भोटे र ३६ बर्षिया पासाङ् भोटेलाई उनीहरुकै काकाका २२ बर्षिय छोरा लाक्पा भोटेले राती सुतेको समयमै प्रहार गरेका थिए । बाम्फोक प्रहारबाट घाइतेको टाउको तथा गर्धनमा प्रहार भएको छ । घाउ सिलाउन सक्ने अवस्था नभएकोले घाइतेहरुको रक्तश्राव भई रहेको प्रहरीले जनाएको छ । उनीहरुको प्राथमिक उपचार भने याम्फुदिन स्वास्थ्य चौकीमा गरिएको छ । आफ्नै बडाबाबुको घरमा गइ बेलुकीको खाना समेत खाएका लाक्पाले रातको समयमा बडीआमा तथा दाजु र भाइलाई बाम्फोक प्रहार गरेर फरार भएका थिए । पछि प्रहरीले हतियार प्रहार गर्ने लाक्पालाई नियन्त्रणमा लिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts