ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा एक युवाद्धार बडिआमा र २ दाजुभाईलाइ बाम्फोक प्रहार,घाइतेको उपचार हुदैं
ताप्लेजुङ,असोज ८ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ८ याम्फुदिन तारतुम बस्ने २२ बर्षिय एक युवकले छिरिङडाँडा बस्ने आफ्नै बडीआमा र उनका २ छोरा गरी ३ जनालाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका छन् । आफ्नै बडाबाबुको घरमा गइ बेलुकीको खाना समेत खाएका लाक्पा भोटेले ६० बर्षिय बडीआमा फुटी भोटे र भाइ छिरिङ भोटेलाई बाम्फोकले टाउको तथा गर्धन तथा दाजु ३६ बर्षिया पासाङ् भोटेलाई टाउकोमा प्रहार गरी घाइते बनाएका हुन् । जिल्ला प्रहरी प्रमुख(डिएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार घाइते तीनैजनाको याम्फुदिन स्वास्थ्य चौकीका उपचार भई रहेको छ । हतियार प्रहार गर्ने लाक्पाभोटे फरार रहेको र खोजी कार्य जारी रहेको समेत डिएसपी श्रेष्ठले जानकारी दिए । घटना पछि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी निरीक्षक अर्जुन पोखरेलको नेतृत्वमा टोली घटनास्थलतर्फ गरेको समेत श्रेष्ठले जानकारी दिनुभयो ।