डिस्चार्ज भएर घर फर्किएको ३ दिन पछि ताप्लेजुङका एक बृद्धको आयो कोरोना पोजेटिभ रिर्पोट,संक्रमण समुदायमा पस्ने त्रास,फुङ्लिङको प्राइम बैंक पनि सिल गरियो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ८ । मोरङको बिराटनगरस्थित नोबेल मेडिकल कलेजले उपचारका लागि अस्पतालमा आएका बिरामीको स्वाब संकलन गरी नतिजा आउनु अगावै डिस्चार्ज गरेपछि ताप्लेजुङका एक कोरोना संक्रमित बृद्ध खुलेआम गाउँ पुग्नु भएको छ । अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएको भएको ३ दिन पछि नोबल मेडिकल कलेजले यहाँको फक्ताङ्लुङ गाउँपालिका बस्ने ८० बर्षिय बृद्धको पीसीआर रिर्पोट पोजेटिभ आएको जानकारी स्थानीय प्रशासनलाई गराएको छ ।‘पीसीआर रिर्पोटको नतिजा नआइनक अस्पतालले डिस्चार्ज नगरेको भए वा बिरामी र आफन्तले नतिजा आएपछि मात्र अस्पताल छोड्न चाहेको भए यो समस्या समुदाय स्तरमा पुग्ने शंका रहदैंन थियो’जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले भन्नुभयो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले नोबेलले असोज ४ गते डिस्चार्ज गरी ५ गते आफ्नै घरतर्फ गएका कोरोना संक्रमित बृद्धलाई कोभिड डेडिकेटेड एम्बुलेन्समार्फत ताप्लेजुङ जिल्ला अस्पतालको कोभिड आइसोलेसन कक्षमा ल्याउने तयारी भई रहेको बताउनुभयो । प्रहरी प्रमुख श्रेष्ठका अनुसार कोरोना संक्रमित ति बृद्धको नजिक रहेकाहरुलाई होम आइसोलेसनमा राखी संक्रमण खोव पड्ताल कार्य सुरु गरिएको छ । ति बृद्ध १०÷११ दिन अघि ताप्लेजुङ अस्पतालमा उपचार गराइ थप उपचारका लागि असोज ३ दिन बिराटनगरतर्फ गएको यात्रा बिवरण प्रहरीले संकलन गरेको छ । कहिँ र कोहि संग सम्पर्कमा नरहेका उहाँलाई संक्रमण कसरी स¥यो भन्ने बारेमा अहिले चिकित्सक र कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । कोरोना संक्रमित बृद्धलाई ताप्लेजुङ जिल्ला अस्पताल ल्याईने र उहाँको परिवार तथा आफन्तको घरलाई १५ दिन सिल गर्ने कोरोना नियन्त्रण समितिले निर्णय लिएको छ । संक्रमित बृद्ध बिराटनगरबाट फर्किएपछि ५ जनाको परिवार रहेको सदरमुकाम फुङ्लिङस्थित बहिनीको कोठामा बसेको,घरजाँदा ७÷८ जना सवार सार्वजनिक गाडीमा गएको र ६ जनाको परिवारमा संगै रहेको अवस्थामा आधारमा संक्रमण खोज पड्ताल कार्य सुरु गरिएको छ । यसैबीच, सदरमुकाम फुङ्लिङस्थित प्राइम कर्मशियल बैंकमा कार्यरत एक कर्मचारीमा पनि कोरोना संक्रमणसंग मिल्दोजुल्दो केहि लक्षण देखा परेपछि बैंकलाई बिहीबारबाट सिल गरिएको छ । मोरङको बिराटनगरबाट सार्वजनिक सवारी चढी आएका बैंकका एक कर्मचारीमा रुघाखोकी र जिब्रोले स्वाद थाह नपाउने लगायतका लक्षण देखा परेपछि बैंकमा कार्यरत सबैको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको छ । स्वाब परीक्षणको नतिजा नआईञ्जेल सम्म बैंकलाई सिल गरी स्वाब संकलन गरिएका सबैलाई आसोलेसनमा राखिएको जिल्ला प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यसअघि दीर्घ रोगको उपचारका लागि झापातर्फ गएकी पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ३ की एक ३७ बर्षे महिलाको कोरोना संक्रमण देखा परी उपचार गराई रहेको बखत मृत्यु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts