कोरोना संक्रमणका कारण ताप्लेजुङकी एक ३७ बर्षिय महिलाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज ५ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ३ की एक ३७ बर्षिया महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । स्रोतका अनुसार मृगौला सम्वन्धी रोगको उपचारका क्रममा गत भदो १२ गते तमोर अस्पताल भर्ना भई १३ गते थप उपचारका लागि उनी झापातर्फ गएकी थिईन् । भदौ २७ गते मोरङको नोबेल मेडिकल कलेज पुगेकी उनको अस्पतालले २८ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो । उनको ३० गते पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएपछि थप उपचारका लागि बिराट चिटिङ अस्पताल पठाइकोमा सोमवार उनको मृत्यु भएको कोरोेना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले जानकारी दिनुभयो । कोरोना संक्रमणको कुनै लक्षण नदेखिएपनि मृगौला सम्वन्धी दीर्घ रोगको उपचार गर्न जाँदा कोरोना पोजेटिभ देखिए पछि महिलालाई कसरी संक्रमण देखा पर्यो भन्ने शंका बढेको छ । प्रजिअ चापागाँईका अनुसार अहिले महिलाको नजिक तथा सम्पर्कमा रहेकाहरुको संक्रमण खोज पड्तालका लागि प्रकृया सुरु भएको छ । कोरोना संक्रमणका कारण ताप्लेजुङमा भएको मृत्युको घटना यो पहिलो हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts