|

‘बिद्यालय खोल्ने÷नखोल्ने जिम्मा स्थानीय अभिभावकलाई दिऔं’

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ ३१ । बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ र स्थानीय अभिभावकले व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपाय अवलम्वन गरी खोल्न चाहे बिद्यालय सुचारु गर्न सकिने ताप्लेजुङ जिल्ला शिक्षा समितिका अध्यक्ष घनेन्द्र मादेनले बताउनु भएको छ । चालू शैक्षिक सत्र गुज्रने अवस्थामा पुगेको भन्दै बुधवार फुङ्लिङ नगरपालिकाको संयोजनमा भएको सरोकारवालाको बैठकमा शिक्षा समितिका अध्यक्ष मादेनले स्थानीय शिक्षक र अभिभावकले सामुहिक दायित्व लिने गरी बिद्यालय खोल्न सकिने सुझाएका हुन् ।‘भरसक जोखिम आउन नदिने गरी काम गर्ने हो,आइहाले स्थानीय शिक्षक र अभिभावकले त्यसको संयुक्त सामना गर्नुपर्छ’उहाँले भन्नुभयो । बिद्यार्थी संख्याका आधारमा भौतिक दुरी समेतका सबै स्वास्थ्य सुरक्षाका उपाय लाई कायम राख्दै पठपाठन सुरु गर्न सकिने मादेनको भनाई थियो । उनले दैनिक १२ घण्टालाई समय मिलाएर २ वा ३ सिफ्टमा पढाई सुरु गर्न सकिने सुझाए । शिक्षकहरुका पेशागत संघ÷संगठनका अगुवा,शिक्षक महासंघ,संस्थागत बिद्यालयका प्रतिनिधि,शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सहितको बैठकमा शिक्षा समितिका अध्यक्ष मादेनले यस्तो बताउनु भएको हो । उहाँले व्यक्ति स्वास्थ्य सुरक्षाका उपाय क्रमशःतर अनिवार्य अवलम्वन गर्दै लैजाने वातावरण भने शिक्षक तथा अभिभावक आफैंले बनाउनुपर्ने धारणा राख्नुभयो । छलफलमा ताप्लेजुङ अहिले कोरोना शुन्य संत्रमित जिल्ला बनेकोले संक्रमणग्रस्त क्षेत्रबाट आउने शिक्षक बाहेक यहिँ रहेका शिक्षकहरुमार्फत व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपाय अवलम्वन गरी पढाइ सुरु गर्न सकिने बिषयमा समेत बहस चलेको थियो । कार्यक्रम फुङलिङ नगरप्रमुख छत्रपति प्याकुरेलको संयोजनमा भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts