|

खतिवडा विशेष आर्थिक सल्लाहकार

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार हुँदाहुँदै पनि मन्त्रिपरिषद्ले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले खतिवडालाई मन्त्रीसरहको सेवासुविधासहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय लिएको हो । प्रधानमन्त्री ओलीले खतिवडालाई नियुक्त गर्न विशेष आर्थिक सल्लाहकारको नयाँ पद सिर्जना गर्नु भएको हो । पूर्वअर्थसचिव लालशंकर घिमिरे प्रधानमन्त्रीको आर्थिक सल्लाहकार रहनु भएको छ । सरकारबाट खतिवडाको बहिर्गमनसँगै अर्थमन्त्रालय मन्त्रीविहीन छ । प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय आफैंसँग राख्नु भएको छ । उहाँले डा. खतिवडालाई छाया अर्थमन्त्री बनाउन विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको स्रोतको दाबी छ । ‘प्रधानमन्त्रीले आफूलाई मन परेका मानिसलाई नियुक्त गर्नचाहिँ नभएको पद पनि खडा गर्न मिल्नेरहेछ । गर्भनर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, सांसद, मन्त्रीपद सबै प्राप्त गरेका खतिवडालाई पुनः मन्त्रीसरहको सुविधा दिएर विशेष आर्थिक सल्लाहकार बनाइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts