| |

मदन भण्डारी स्मृति प्रतिष्ठानमा साम्सोहाङ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ३० ।
ताप्लेजुङस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न प्रथम साधारणसभाले प्रदेश सांसद बलबहादुर साम्सोहाङको अध्यक्षतामा १५ सदस्यीय प्रतिष्ठानको कार्यसमिति चयन गरेको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा मातृकाप्रसाद भट्टराई, सचिव सुरज ओझा, उपसचिव गङ्गाराम शङ्खर र कोषाध्यक्षमा चित्राकुमार चङ्सु मेन्याङ्बो रहनुभएको छ । सदस्यहरुमा सन्तोष खतिवडा, घनेन्द्र मादेन, सुरेन्द्र पालुङ्वा, खिनुमाया इजम, निर्मला इजम, नेताकुमारी शिवा, बमबहादुर भट्टराई, यीगेन्द्रकुमार गुरुङ, ठाकुरसिंह साम्सोहाङ र मङ्गलसिंह केदेम रहनुभएको छ ।
प्रतिष्ठानका अध्यक्ष साम्सोहाङ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सचिव हुनुहुन्छ भने उपाध्यक्ष भट्टराई र सचिव ओझा जिल्ला कमिटी कार्यालय सदस्य हुनुहुन्छ । प्रतिष्ठानका बाँकी पदाधिकारी र सदस्यहरु नेकपाको जिल्ला कमिटी तथा सचिवालय कमिटीका पदाधिकारीहरु हुनुहुन्छ । साधारणसभा नेकपाका जिल्ला अध्यक्ष विजयप्रकास वनेम, नेकपा १ नं. प्रदेश कमिटी सदस्य मिङ्माडण्डु शेर्पा लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts