२४ घन्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ हजार नाघ्यो

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ २८ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै आइतबार ५४ हजार १५९ पुगेको हो । २४ घन्टामा डिस्चार्ज १ हजार १७३ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । पीसीआर परीक्षण ९ हजार १६५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts