|

फुरुम्बुमा जनजाति महासंघको वडाकमिटी गठन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २३ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा नेपाल आदिवासी जनजाति महासंघको वडा कमिटी गठन गरिएको छ । सोमबार भएको वडा भेलाले नवीन फुरुम्बो लिम्बूको अध्यक्षतामा ११ सदस्यीय महासंघको वडा कार्यसमिति गठन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्ष त्रयमा इन्द्रबहादुर लिम्बू, श्याम लिम्बू र श्रीहाङ लिम्बू, सचिव सन्तोष गुरुङ, सहसचिवहरुमा अर्जुन राई, खिनुमाया लिम्बू तथा गोमाकुमारी श्रेष्ठ र कोषाध्यक्षमा सुरेन्द्र फुरुम्बो रहनुभएको छ । सदस्यमा धनबहादुर गुरुङ र सुवास तामाङ रहनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघ फुङ्लिङ नगर समन्वय परिषद्का अध्यक्ष एमबी लामा गुरुङको उपस्थितिमा वडा कार्यसमिति गठन भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts