एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि, आज राति हुने खेल गुमाउने

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी),भदौ,२३ । फ्रान्सेली स्टार फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी)का महत्वपूर्ण खेलाडी एम्बाप्पेमा सोमबार कोरोना परिक्षणको क्रममा पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिए लगत्तै उनलाई घर सोमवारनै पठाईएको छ । १ बर्षिया फरवार्डले नेसन्स लिगको पहिलो खेलमा फ्रान्सलाई जीत दिलाउन एकमात्र निर्णाएक गोल गरेका थिए । उनको गोल मद्धतले फ्रान्सले स्विडेनमाथि एक शुन्यको जीत निकालेको थियो । कोरोनाबाट संक्रमित बनेपछि एम्बाप्पेले मंगलबार (आज) राति नेसन्स लिगमा बलियो प्रतिद्धन्द्धि क्रोएसियाबिरुद्ध हुने खेल गुमाउनेछन् । फ्रान्सले घरेलु मैदानमा आज राति क्रोएसियासंग प्रतिस्पर्धा गर्दैछ । गत सिजनको लिग च्याम्पियन पीएसजीले बिहिबार रेसिङ लेन्सबिरुद्ध खेल्दै लिग वान सुरुवात गर्ने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts