स्वारेज युभेन्ट्स जाँदै

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी)टुरिन,भदौ २० । उरुग्वेली खेलाडी लुइस स्वारेज सिरी ए क्लब युभेन्ट्ससँग शुक्रबार अनुबन्धन गरेका छन् । बीबीसीका अनुसार स्वारेज बिना कुनै मूल्य बार्सिलोनाबाट युभेन्ट्स जाने छन् । बार्सिलोनाको प्रशिक्षकमा रोनाल्ड कोम्यान आएपछि उनले स्वारेजलाई आफ्नो टिम योजनामा नभएको बताएका थिए । युभेन्ट्सले स्वारेजका लागि बार्सिलोनालाई कुनै मूल्य तिर्नु परेमा पनि त्यो निकै कम मात्र हुनेछ । सन् २०१६ मा स्वारेजले बार्सिलोनासँग चार वर्षको अनुबन्ध गरेका थिए । पछिल्लो सिजन उनले बार्सिलोनाका लागि ६० प्रतिशत खेल खेले, उनको अनुबन्ध थप एक वर्षका लागि हुने शर्त राखिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts