|

चट्याङले लागेर एकजनाको मृत्यु, पाँच घाइते

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १६ ।
ताप्लेजुङमा मङ्गलबार साँझ परेको चट्याङले लागेर एकजना महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चट्याङले लागेर फुङ्लिङ नगरपालिका–१० फुरुम्बुकी ३० वर्षीया दुर्गा बिष्ट भट्टराईको मृत्यु भएको हो ।
घरमा खाना बनाइरहेका बेला परेको चट्याङले लगेर गम्भीर घाइते भएकी भट्टराईलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पु¥याइएको थियो । भट्टराईलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरेलगत्तै राती ८ः१० बजे चिकित्सकले मृत घोषणा गरेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै मङ्गलबार साँझपख नै परेको चट्याङले सिरिजङ्घा गाउँपालिकामा एक बालकसहित पाँचजना घाइते भएका छन् । घाइतेमध्ये सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकका १७ वर्षीय उमेश थेबेको अवस्था गम्भीर रहेको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । तेल्लोककै ३५ वर्षीय रामकुमार थेबे, सिरिजङ्घा गाउँपालिका–५ पेदाङका ५० वर्षीय अर्थमान माबो, श्रीमती ४८ वर्षीया नरमाया माबो र माबो दम्पत्तीका नाबालक छोरा ६ वर्षीय अतिप माबो सामान्य घाइते भएका छन् ।
घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा उपचार गरिएको छ । तेल्लोकमा रहेका पेट्रिक सेटको पावरहाउस र स्थानीय रामकुमार र राजकुमार थेबेको अलैँची बारीमा चट्याङ पर्दा उनीहरुलाई लागेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts