|

नाबु काबेली वन समूहको नयाँ समिति चयन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १६ ।
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका–२ फुलबारीस्थित नाबु काबेली सामूदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयन भएको छ । समूहको साधारणसभाले मोहन गौतम अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो ।
नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सुनिल सेन्दाङ, सचिवमा अम्विका घिमिरे र कोषाध्यक्षमा तिलरुपा पौडेल रहनुभएको छ । सदस्यहरुमा मैना भण्डारी, दुर्गा थाम्देन, रीता शिवा, रणध्वज सेन्दाङ र पदम लाम्गादे रहनुभएको छ । समूहको कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
सामूदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझा, आठराई त्रिबेणी गाउँपालिका–२ फुलबारीका वडाध्यक्ष सोम बिमली, डिभिजन वन कार्यालयका फरेस्टर ध्यनिराम सिंह लगायतको उपस्थितिमा साधारणसभा सम्पन्न भएको बताइएको छ ।

साधारणसभाका सहभागीहरु ।
अरुलाई पनि शेयर गरौ !

Similar Posts