|

ताप्लेजुङको फुरुम्बु र तेल्लोकमा चट्याङ लागेर ६ जना घाईते,१ को अवस्था गम्भिर

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १६ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बुमा मंगलवार अपरान्ह परेको चट्याङ लागेर एकजना सिकिस्त भएकी छन् । स्थानीय लोकेन्द्र भट्टराईकी ३० बर्षिय श्रीमति दुर्गा बिष्ट भट्टराइलाई चट्याङले हानेपछि उनलाई अचेत अवस्थामा उपचारका लागि ताप्लेजुङ अस्पतालतर्फ ल्याईदैं छ । उता ,सिरिजङ्घा गाउँपालिका वडा नं ४ तेल्लोकमा मंगलवार अपरान्ह परेको चट्याङ लागेर तेल्लोकका २ र पेदाङका ३ गरी ५ जना सामान्य घाईते भएका छन् । उनीहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । तेल्लोक स्थित पेल्ट्रिक सेटको पावर हाउस र स्थानीय रामकुमार थेबे र राजकुमार थेबेको अलैंची बारीमा चट्याङ लागेको थियो । डिएसपी श्रेष्ठका अनुसार पेल्ट्रिक सेटको पावर हाउस भित्र बसेको अवस्थामा चट्याङ लागेर स्थानीय ३५ बर्षिय कुमार थेबे सामान्य घाईते भएका छन् । यस्तै सोहि ठाउँका १७ बर्षिय उमेश थेबे, सिरिजङ्घा गाउँपालिका वडा नं ५ पेदाङका ५० बर्षिय अर्थमान मावो,निजकी श्रीमति ४९ बर्षिया नरमाया मावो र निजका ६ बर्षिय छोरा अतिप मावो सामान्य घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts