आईएसपीहरुको टाउको दुखाइ बन्यो टिकटक, ब्यान्डविथ खपत आकाशियो

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ १६ । नेपालमा अत्यधिक लोकप्रिय बनिरहेको म्युजिकल एप टिकटक इन्टरनेट सेवाप्रदायकहरुका लागि भने टाउकोदुखाईको विषय बनेको छ । टिकटकले हालै गरेको प्राविधिक परिवर्तनका कारण ब्यान्डविथमा अत्यधिक चाप परेपछि उनीहरुलाई इन्टरनेटको माग धान्न मुस्किल परिरहेको छ । चैत ११ को लकडाउनअघि टिकटकको अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत ७ जीबीपीएस थियो । लकडाउन पछि यो बढेर १३ जीबीपीएस पुग्यो । अहिले १३ जीबीपीएसबाट पनि माथि उक्लिएको छ । तीन हप्ताअघिको तथ्यांकमा टिकटकले नेपालमा २५ जीबीपीएस इन्टरनेट खपत गरिरहेको थियो । तर, एकाएक टिकटकले आफ्नो सर्भर र प्रोटोकलमा केही अदलबदल ग¥यो । भारतमा टिकटक प्रतिबन्धित भएपछि दक्षिण एसियाली क्षेत्रमा उसले प्राविधिक परिवर्तन गर्दै ‘एचटीटीपी’ बाट ‘एचटीटीपीएस’ प्रोटोकलमा लगेको थियो । त्यसो हुनासाथै टिकटकको क्यास सर्भरमा स्पेस नपुग्ने समस्या भयो । इन्टरनेट सेवा प्रदायकहरुका अनुसार यसैकारण नेपालको इन्टरनेट सेवामा ब्यान्डविथको माग बढ्यो । फेसबुक, गुगल युट्युबजस्ता साइटका कन्टेन्ट लोकल क्यास हुन्छन् । पहिलोपटक नेपालमा सम्प्रेषित भएपछि त्यो क्यास भएर सर्भर रहन्छ । जसले गर्दा अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत हुनबाट जोगिन्छ ।
टिकटकसँग छलफल
तर, प्रोटोकलमा आएको परिवर्तनपछि प्रयोगकर्ताले टिकटकमा गरेको हरेक अनलाइन गतिविधिको ब्यान्डविथ खपत अन्तर्राष्ट्रिय रुपमै हुन थाल्यो । यही कारणले तीन हप्तामा २५ जीबीपीएसबाट टिकटकले गर्ने ब्यान्डविथ खपत १७५ जीबीपीएस पुगको नेपाल इन्टरनेट सेवा प्रदायक संघ(आइस्पान)ले जनाएको छ । अहिले टिकटकका कारण इटरनेटमा यति धेरै डाटाको माग बढेको त कि नेपालका इन्टरनेट सेवा प्रदायकलाई धान्र्नै मुस्किल परिरहेको छ । टिकटकका कारण माग धान्न मुस्किल भएपछि उनीहरुले अतिरिक्त ब्यान्डविथ लिएर सेवा दिइरहेका छन् । तर, लगातार टिकटकले ब्यान्डविथको खपत र माग बढाउँदै लगेपछि उनीहरुले टिकटक र अकमाइसँग नै यसबारे कुराकानी गरेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts