इङ्ल्यान्डले विशाल लक्ष्य भेट्टायो

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी),भदौ १६ । इङ्ल्यान्डका कप्तान इयान मोर्गानले पाकिस्तानसँगको दोस्रो ट्वान्टी–२० क्रिकेटमा पाँच विकेटको जित निकालेपछि आफूले पहिलेको तुलनामा राम्रो प्रदर्शन गरेको बताएका छन् । घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार जित निकाल्दै तीन खेलको शृंखलामा अग्रता लिएपछि मोर्गानले तुलनात्मक रूपमा आफ्नो प्रदर्शनमा सुधार भएको बताएका हुन् । पाकिस्तानका लेग स्पिनर सादाब खानले ह्याट्रिक विकेट लिने समय क्रिजमा आएका मोर्गानले १ सय ९६ रनको विशाल लक्ष्य भेट्टाउन आक्रामक ब्याटिङ गरेका थिए । ६६–२ को स्थितिमा इङ्ल्यान्डको क्रिज सम्हालेका आइरिस ब्याट्सम्यान मोर्गानले ३३ बलमा ६६ रन बनाए । डेविड मलानले पनि ५४ रनको अविजित इनिङ खेल्दै पाँच बलअगावै घरेलु टोलीलाई सफलता दिलाए । मोर्गान र मलानले तेस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै पाकिस्तानको हातबाट जित खोसेका थिए । त्यो जितसँगै ५० ओभरको विश्वकप च्याम्पियन इङ्ल्यान्डले तीन खेलको ट्वान्टी–२० शृंखलामा १–० ले अग्रता बनाएको छ । म्यानचेस्टरमा भएको पहिलो खेल भने वर्षाका कारण प्रभावित भएको थियो । ३३ वर्षे मोर्गानले आफ्नो नेतृत्वमा गत वर्ष लर्ड्समा सम्पन्न विश्वकप फाइनलमा रोमाञ्चक जित निकाल्दै आफ्नो अन्तर्राष्ट्रिय खेल करियरप्रति विचार पु¥याउने अवस्था सिर्जना गरेका थिए । यदि उनले नै इङ्ल्यान्डको टोलीको नेतृत्वमा गर्छन् भने सन् २०२१ मा भारतमा हुने ट्वान्टी–२० विश्वकप पनि उचाल्ने अवसर उनीसँग हुनेछ । मोर्गान र मलानले तेस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै पाकिस्तानको हातबाट जित खोसेका थिए । त्यो जितसँगै ५० ओभरको विश्वकप च्याम्पियन इङ्ल्यान्डले तीन खेलको ट्वान्टी–२० शृंखलामा १–० ले अग्रता बनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts