मौसम पूर्वानुमानः यी क्षेत्रमा भारी वर्षाको सम्भावना, कस्तो रहला आगामी तीन दिन ?

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ १४ । आज देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको छ । सो क्षेत्रमा आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ । अन्य स्थानमा भने सामान्य बदली रहनेछ । त्यस्तै सोमवार देशभर प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरूमा र प्रदेश २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमवार प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः
भाद्र १४ गते (आइतबार)
दिउँसो ःदेशभरसामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ । रातीःदेशभरसामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहितहल्का देखि मध्यमवर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक वा दुई स्थानहरुमाभारी वर्षाकोसम्भावना रहेको छ ।
भाद्र १५गते (सोमबार)
दिउँसो ः देशभरसामान्यतया बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरूमा र प्रदेश २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमाभारी वर्षाकोसम्भावना रहेको छ ।
रातीःप्रदेश न. १, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य देखि पूर्ण बदली र बाँकी प्रदेशमासामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरूमा र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ । प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमाभारी वर्षाकोसम्भावना रहेको छ ।
भाद्र १६गते (मंगलबार)
दिउँसो ः देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षाकोसम्भावना रहेको छ । रातीःदेशभर पूर्ण बदली रहनेछ । बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र प्रदेश १ र प्रदेश २ का केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । नागरिक दैनिकबाट

अरुलाई पनि शेयर गरौ !

Similar Posts