युनाइटेडले पोग्बालाई नछोड्ने

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी)भदौ ९ । फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाका एजेन्ट मिनो राइओलाले पोग्बालाई म्यानचेस्टर युनाइटेडले तत्काल नबेच्ने भन्दै सम्झौता नवीकरण प्रक्रिया अघि बढिसकेको बताएका छन् । पोग्बालाई सन् २०१६ मा युनाइटेडले युभेन्ट्सबाट ८९ मिलियन युरोमा अनुबन्धित गरेको थियो । गत सिजन चोटका कारण अधिकांश समय बेन्चमा बसेका पोग्बाले यस सिजन भने प्रभावशाली प्रदर्शन गर्दै युनाइटेडलाई प्रिमियर लिगको तेस्रो स्थानमा राख्दै अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट गराएका थिए । ‘पोग्बाका लागि युनाइटेडले कुनै प्रस्ताव स्वीकार गर्दैन,’ राइओलाले भने, ‘नयाँ सम्झौताका लागि छिट्टै प्रक्रिया अघि बढ्नेछ । यसमा धेरै गम्भीर नबनौं । उनी युनाइटेडका महत्वपूर्ण खेलाडी हुन्। युनाइटेडसँग महत्वपूर्ण योजना छ र उनी त्यसको महत्वपूर्ण पात्र हुनेमा कुनै शंका छैन ।’ युनाइटेडमा पोग्बाको सम्झौता आगामी समरसम्म रहेको छ । उनले कोरोना भाइरस महामारीका कारण प्रिमियर लिग रोकिनुअघि सबैखाले प्रतियोगिता गरी मात्र ८ खेल खेलेका थिए । तर लिग रोकिएसँगै उनले कुर्कुच्चाको चोटबाट समेत मुक्त हुने अवसर पाए । सिजन पुनरागमन भएपछि उनले १४ खेल खेल्दै प्रभावशाली प्रदर्शनमा युनाइटेडलाई युरोपा लिगको अन्तिम ४ मा पुर्याउनसमेत भूमिका खेलेका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts