बढी भाडा लिने र बिरामी नभएका व्यक्ति ओसार्ने एम्बुलेन्सलाई कारवाही गरिने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट न्युज
ताप्लेजुङ, भदौ ६ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापाँगाईले मापदण्ड बेगरका मान्छे ओसारे वा निर्धारित दररेट भन्दा बढी भाडा लिएको पाईएको एम्बुलेन्स चालक र सञ्चालक दुबैलाई हदै सम्मको कारवाही गरिने चेतावनी दिनु भएको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापाँगाई

कोरोना सन्त्रासका बेला सवारी सञ्चालन नभएको मौकाको फाइदा उठाएर एम्बुलेन्सले बोक्नुपर्ने बाहेकका मान्छे ओसारेको पाईए सवारी र चालकलाई जुनसुकै स्थानबाट नियन्त्रणमा लिई कारवाही अघि बढाउने चापागाँईले बताउनुभयो । यस्तो पाईएमा एम्बुलेन्स सञ्चालक पदाधिकारीलाई समेत कारवाहीको दाहेरमा ल्याउने चापागाँईको भनाई छ । यहाँको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर आउनु भएका प्रजिअ चापागाँईले कोरोना प्रभाव समुदाय स्तरमा फैलन नदिन सबै क्षेत्रमा कडाईको आवश्यकता औंल्याउनु भएको छ । पूर्जीसहित अस्पतालले रेफर गरेका बिरामी र बिराम निको भई घर फर्केका नागरिक र बिरामीका कुरुवा मात्र एम्बुलेन्सले बोक्न पाउने उहाँले बताउनुभयो । अस्पतालबाट बिरामी रेफर भएको वा निको भई फर्केको फर्जी कागत दिएको पाईए सम्वन्धित अस्पताललाई समेत कानुनी कारवाहीको दाहेरामा ल्याउने उहाँले चेतावनी दिनुभयो । यस्तो कार्य आफैंमा गैर कानुनी भएकोले अस्पतालबाट बिरामी रेफर भएको वा निको भई फर्केको फर्जी कागत नदिन उनले अस्पतालहरुलाई आग्रह गर्नु भएको छ । एम्बुलेन्सहरुको सुक्ष्म निगारानीका लागि टोली परिचालन गरिएको समेत प्रजिअ चापागाँईले बताउनुभयो । फर्जी कागजका आधारमा सध्ये मान्छेलाई ल्याउने–लाने कार्य गरेको पाईए हदै सम्मको कानुनी कारवाही गर्ने प्रजिअको तयारी छ । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजत्वमा जिल्ला एम्बुलेन्स सञ्चालक समिति रहेको हुन्छ । त्यहिँ सञ्चालक समितिले स्थानीय परिबेश,आवश्यकता र अवस्था अनुसार एम्बुलेन्सको भाडादर निर्धारण गर्छ । जिल्ला एम्बुलेन्स सञ्चालक समिति जिल्ला भित्रका एम्बुलेन्सहरुको नियमक निकाय हो । प्रजिअ चापागाँईको संयोजकत्वमा रहेको जिल्ला एम्बुलेन्स सञ्चालक समितिमा अहिले जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठ,रेडक्रसका जिल्ला सभापति इन्द्रबहादुर गुरुङ, निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेल र एम्बुलेन्स सञ्चालकहरुकातर्फबाट खगेन्द्र अधिकारी सदस्य रहनु भएको छ । ताप्लेजुङ अस्पतालका निमित्त प्रमुख डाक्टर सोनिङ लामा सदस्य सचिव रहनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts