|

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघ्यो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौं, भदौ ६ ।
विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म संसारभर कुल ८ लाख २ हजार ३६३ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । सबैभन्दा धेरै अमेरिकामा १ लाख ७९ हजार १ सय ९८ र ब्राजिलमा १ लाख १३ हजार ४५४ जनाको ज्यान गएको छ ।
भारतमा ५५ हजार ९२८, मेक्सिकोमा ५९ हजार १०६ र बेलायतमा ४१ हजार ४०५ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या पनि बढेको छ । अहिलेसम्म २ करोड ३० लाख ९८ हजार ८४ संक्रमितमध्ये १ करोड ५६ लाख ९० हजार १७ जना उपचारपछि घर फर्किएका छन् भने ६१ हजार ८५० जनाको अवस्था गम्भीर छ । नेपालमा शनिबार बिहान सम्ममा कोरोनाबाट मृत्यु हुनेको संख्या १४० पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts