ट्रम्पका प्रतिस्पर्धी बाइडेन

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी)वासिङ्टन,भदौ ४ । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । डेमोक्र्याटिक पार्टीको सम्मेलनले बाइडेनलाई औपचारिक रूपमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवार घोषित गरेको हो । कोरोना भाइरसको महामारीका कारण भर्चुअल विधिबाट गरिएको सम्मेलनमा पार्टीका निर्वाचित प्रतिनिधिहरूले ७७ वर्षीय बाइडेनलाई उम्मेदवारका रूपमा अनुमोदन गरेका हुन् । बाइडेनलाई पूर्वराष्ट्रपतिहरू जिम्मी कार्टर र बिल क्लिन्टन तथा पूर्वविदेशमन्त्री कोलिन पावेलले समर्थन गर्नु भएको छ । कार्टर र क्लिन्टन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति बनेका भए पनि पावेल रिपब्लिकन पार्टीको सरकार हुँदा विदेशमन्त्री रहनु भएको थियो । पावेल जर्ज डब्लू बुस प्रशासनमा सन् २००१ देखि २००५ सम्म विदेशमन्त्री हुनुहुन्थ्यो । अमेरिकाको सर्बोच्च पदका लागि बाइडेनको यो तेस्रो प्रतिस्पर्धा हुनेछ । उहाँ सन् १९८८ र २००८ मा पनि राष्ट्रपतिका आकांक्षीका रूपमा देखिनु भएको थियो । विभिन्न मत सर्वेक्षणहरूले उहाँ राष्ट्रपति ट्रम्पभन्दा केही अगाडि देखिनु भएको छ । डेमोक्र्याटिक पार्टीको सम्मेलनमा मंगलबार राति पूर्वराष्ट्रपति क्लिन्टनले सम्बोधन गर्नु भएको थियो । भिडियोमार्फत गरिएको सम्बोधनमा उहाँले वर्तमान राष्ट्रपति ट्रम्पको कडा आलोचना गर्नु भएको छ  । ट्रम्पले ओभल अफिसलाई ‘लथालिंग’ बनाएका क्लिन्टनको आरोप छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts