मृतक महिलाको पीसीआर रिर्पोट नेगेटिभ

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, भदौ ३ । तीनदिन अघि निधन भएकी ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं २ की एक महिलाको पीसीआर रिर्पोट नेगेटिभ आएको छ । ज्वरो सहितका सामान्य बिराम लागेको केहि समयमै ति महिलाको मृत्यु भएपछि सिरिजङ्घा गाउँपालिकाको स्वास्थ्य शाखाले मृत्यु भएकी ति महिलाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो । फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा रहेका र उनीहरुको सुरक्षा तथा क्वारेन्टिन व्यवस्थापनमा खटिएका सहित ३९ जनाको फुङ्लिङमा र मृतक ति महिलाको स्वाब संकलन गरी आम्बेगुदिनबाट सदरमुकाम फुङ्लिङ ल्याई जम्मा ४० जनाको स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल बिराटनगर पठाईएको थियो । स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले स्वाब संकलन गरी पठाईएको मध्ये मृतक महिलाको परीक्षण रिर्पोट नेगेटिभ आएको र अरु ३९ जनाको रिर्पोट भने बिहीबार मात्र प्राप्त हुने जानकारी दिनुभयो । मृतक महिलाको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएपनि व्यक्तिगत स्वास्थ्य सुरक्षामा सबै पादण्ड प्रयोग गरेर शवको अन्त्येष्टी भने उतिबेलै गरिएको थियो ।‘यो रिर्पोट भने स्थानीय क्षेत्रमा रहेको शंका पनि निवारण गरेको छ’निमित्त स्वास्थ्य प्रमुख पोखरेलले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts