न्युजिल्याण्डमा १२ दिनका लागि थपियो लकडाउन

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी),साउन ३१ । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको अकल्याण्डमा लगाइएको ‘लेभल ३’ र अन्य स्थानको ‘लेभल–२’ प्रतिबन्ध थप १२ दिन लम्ब्याउने निर्णय गर्नु भएको छ । । शुक्रबार उनले अगष्ट २६ सम्म यो व्यवस्था कायम रहने बताउनु भएको हो । अर्डनले मुलुकमा लकडाउनको व्यवस्था हटाउँदा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढी रहेको बताउनु भएको छ । यसले न्युजिल्याण्डमा निकै खराब अवस्था ल्याउन सक्ने उहाँको भनाइ छ । उनले अर्थतन्त्रमा भन्दा पनि अहिले स्वास्थ्यमा जोड दिनुपर्ने बताउनु भएको छ । शुक्रबार न्युजिल्याण्डमा कोरोना भाइरसका १२ स्थानीय संक्रमित फेला परेका थिए । लामो समयसम्म कोरोना भाइरसका स्थानीय संक्रमित नभेटिएका न्युजिल्याण्डमा पछिल्लो केही समययता भने निरन्तर स्थानीय संक्रमित फेला परिरहेका छन् । नयाँ संक्रमित देखिन थालेसँगै अकल्याण्डमा तीन दिनको लागि ‘लेभल ३’ प्रतिबन्ध को घोषणा गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts