जनकपुरधाममा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

जनकपुरधाम,साउन २७ । धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिनुभयो । डा. सिंहले भन्नुभयो, ‘उहाँको १८ दिनदेखि आईसीयूमा राखेर उपचार चल्दै आएको थियो । गएराति डेथ भयो ।’ उहाँ क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा. सिंहले जानकारी दिनुभयो । उहाँको ट्राभल हिस्ट्री भने खुल्न बाँकी छ । उहाँको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts