२४ घन्टामा ४६४ जनामा कोरोना संक्रमण पुष्टि, ४२५ जना डिस्चार्ज

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन २३ — नेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४६४ जना नयाँ संक्रमित फेला परेको जानकारी दिनु भएको हो । यसैगरी पछिल्लो २४ घन्टामा मुलुकभरबाट थप ४२५ जना डिस्जार्ज भएका छन् । हालसम्म १५ हजार ८१४ निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार आइसोलेसनमा ६ हजार ३३० जना उपचाररत छन् । २४ घन्टामा ७ हजार ९२६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts