कोरोना संक्रमित एक युवकको सिरहामा मृत्यु

अरुलाई पनि शेयर गरौ !

सिरहा,साउन २३ । बुधबार कोभिड–१९ को संक्रमण पुष्टि भएका सिरहाको गोलबजार नगरपालिका वडा नम्बर –१२ का २३ वर्षीय अशोक महतोको मृत्यु भएको छ । उनको धरानमा उपचारको क्रममा मृत्यु भएको हो । उहाँको शव सिरहा ल्याउने र नेपाली सेना दाह संस्कार गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनु भयो । उहाँका अनुसार मृतक युवकको दुवै किड्नीमा समस्या थियो । उहाँको नियमित डाइलोसिस गराईदै थियो । ‘डाइलोसिस गराउने क्रममा जनकपुरमा उहाँको स्वाब संकलन गरेको थियो । पीसीआर रिर्पोट पोजेटिभ देखिएपछि उहाँलाई धरानमा उपचारका लागि पठाइएको थियो,’उहाँले भन्नुभयो । सिरहा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएको यो घटना पहिलो हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts