|

अनलाइन पाःलाम् प्रतियोगिताको उपाधि सुनितालाई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, साउन २२ । याक्थुङ साँस्कृतिक समूहले आयोजना गरेको विश्वब्यापी अनलाइन पाःलाम् प्रतियोगिताको उपाधि ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाकी सुनिता लाबुङले जित्नुभएको छ । तेह्रथुमका शिवकुमार सम्बाहाम्फे द्वितीय र धरान सुनसरीकी सुनिता सङ्यक तृतीय हुनु भएको छ । फिपराज मावोहाङ र शान्तिराम खरेल उत्कृष्ट पालाम चोत्लुङको उपाधि जित्दै समग्र नतिजामा सान्त्वना बन्न सफल हुनुभयो । बिक्रम एक्तेन र इन्दिरा नेम्बाङले उदयमान कलाकारको उपाधि पाउनुभएको छ । सुमन लिम्बू (सेहोनाम्लाङ), जीवन केदेम (मुक्कुम्लुङ) र साँगुले ठूले (साङ्गोती/हाङ्गोती)तर्फ उत्कृष्ट हुनुभयो । उत्कृष्ट तुम्याहाङ समूहमा सुखवीर ताम्लिङ, उत्कृष्ट लोपोन्मुख भाकामा सरुना लिम्बू, उत्कृष्ट फरक समुदायमा बम बिरही कुलुङ राई, उत्कृष्ट पालाम (शब्द) मा निलिमा साम्पाङ र पब्लिक च्वाईस अर्थात् तेन्छा सेक्सिङ थुम्खोतर्फको उपाधि भने कुमार बिकले हात पारेको याक्थुङ साँस्कृतिक समूहका अध्यक्ष सीता तुम्खेवाले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । प्रतियोगिताका बिजेताले नगद ५० हजार रुपैयाँका साथ एउटा पाःलाम रेर्कडको मौका, प्रमाणपत्र र गिफ्ट ह्याम्पर, द्वितीय हुनेले नगद ४० हजार, प्रमाणपत्र र गिफ्ट ह्याम्पर तथा तृतीय हुनेले नगद ३० हजारका साथ प्रमाणपत्र र गिफ्ट ह्याम्पर पाउनु हुने छ । प्रतियोगिताका पब्लिक च्वाईस, उत्कृष्ट शब्द, उत्कृष्ट गैर लिम्बू पुरस्कार र जेष्ठ उमेर समूह तथा कम उमेर समूहका बिजेताले जनही नगद १० हजार रुपैयाँ तथा प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ । पाःलाम लिम्बू समुदायको साँस्कृतिक महत्वभित्र पर्ने एउटा अंग हो । हाक्पारे, पाःलाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका मुख्य माध्यमका रुपमा रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts