तीन दृष्टिविहीन क्रिकेटर पुरस्कृत

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन २२ । नेपाल दृष्टिविहीन क्रिकेट संघले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा दृष्टिविहीन क्रिकेट विकासमा योगदान पु¥याएको भन्दै तीन क्रिकेटरलाई ‘ज्योति केसी दृष्टिविहीन महिला क्रिकेट खेलाडी प्रतिभा पुरस्कार’ द्वारा सम्मान गरेको छ । बी–३ समूहबाट राष्ट्रिय कप्तान भगवती भट्टराई बराल, बी–२ समूहबाट मनकेशरी चौधरी र बी–१ समूहबाट आशा रेगामीले पुरस्कार पाउनु भएको छ । १४ वर्षदेखि दृष्टिविहीन क्रिकेट खेलिरहनु भएकी भगवतीले सन् २०१४ मा बेलायत र सन् २०१९ मा पाकिस्तानविरुद्धको शृंखलामा नेपालको कप्तानी गर्नु भएको थियो । दुवै शृंखला नेपालले जितेको थियो । ती दुवै शृंखलामा मनकेशरीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्नु भएको थियो । दशकदेखि क्रिकेटमै सक्रिय आशा गतवर्ष पाकिस्तानसँगको शृंखलामा प्लेयर अफ द सिरिज बन्नु भएको थियो । दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले भिन्न क्षमता भएकाको क्रिकेटलाई सहयोग गरी यो अवस्थासम्म पु¥याउने सबैलाई वार्षिकोत्सवको अवसरमा धन्यवाद दिनु भएको छ । संघले हरेक वर्ष साउन २२ गते स्थापना दिन मनाउँदै आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts