प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवलाई कोरोना पुष्टि

अरुलाई पनि शेयर गरौ !

जनकपुरधाम,साउन २२ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो । उहाँसँगै उहाँका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री निकट स्रोतले बतायो । स्रोतका अनुसार सबैको स्वास्थ्य सामान्य छ । मन्त्री यादव हालै काठमाडौंबाट फर्किनु भएको थियो । ‘काठमाडौंबाट प्रदेशमा फर्किएलगत्तै स्वास्थ्य जाँच गराउँदा कोरोना पोजेटिभ देखियो,’ मन्त्री यादव निकट स्रोतले भन्यो । प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन उहाँहरु काठमाडौं पुग्नु भएको थियो । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव, प्रहरी महानिरीक्षकलगायत सहभागी हुनुहुन्थ्यो ।
फोटो ः काठमाडौमा भएको बैठकमा प्रदेश मन्त्रीका साथ सहभागी प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल सहितका नेता तथा अधिकारीहरु ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts