ओली–प्रचण्ड वार्ता निष्कर्षविहीन,भोलि फेरि छलफल हुने

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता निष्कर्षबिहीन भएको छ । सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुनु भएको थियो । स्रोतका अनुसार दुवै नेता आआफ्नो अडानमा टसमस हुनु भएन । प्रधानमन्त्रीसमेत रहनु भएका ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार हुनुहुन्न । सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उहाँको प्रस्ताव छ । तर प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताउनु भएको छ । ‘कुराकानी सकारात्मक नै छ तर कुनै सहमति भएको छैन,’ स्रोतले भन्यो, ‘भोलि मंगलबार साँझ ५ बजे फेरि बस्ने सहमति भएको छ ।’

अरुलाई पनि शेयर गरौ !

Similar Posts