थप २४६ जनामा कोरोना संक्रमण, १११ जना डिस्चार्ज

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १८ । आइतबार नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार ८३१ स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् । आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् । कोरोना संक्रमणका कारण आइतबारसम्म ५७ जनाको मृत्यु भएको छ ।
कहाँकहाँ थपिए संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ८१ जनामा संक्रमण पुष्टि भएको छ । धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०।१०, ललितपुर र स्याङ्जाका ८।८ जना तथा महोत्तरी र कास्कीका ५।५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुर र लम्जुङका ३र३ जना, सर्लाही, रौतहट र तनहुँका २।२ जना तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका एक।एक जनामा संक्रमण पुष्टि भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts