उत्तर प्रदेशकी एक क्याबिनेट मन्त्रीको कोरोनाबाट मृत्यु

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १८ । भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु भएको छ । उहाँ गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित हुनु भएको थियो । संक्रमण भएपछि उहाँलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उहाँको आइतबार बिहान मृत्यु भएको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या जाने आफ्नो कार्यक्रम पनि रद्द गर्नु भएको छ । कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री हुनुहुन्थ्यो । सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै उहाँ यो सिटमा जित हासिल गर्ने पहिलो विधायक बन्नु भएको थियो । उहाँलाई गत वर्ष मन्त्री बनाइएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts