तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

अरुलाई पनि शेयर गरौ !

घोराही,साउन १७ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ पर्नु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटसहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित पक्राउ गरेको हो । उपाध्याय स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिएर हिँडेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लिएको हो । उहाँमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts