|

उपत्यकामा १५ सहित थप २१० जनामा संक्रमण, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १४ । उपत्यकामा १५ सहित थप २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भएको हो । उहाँका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । २४ घन्टामा १४६ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै १४ हजार २१ जना कोरोना निको भएर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताउनुभयो । ७२.७ प्रतिशत संक्रमित निको भएका छन् । भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ भने बुधबार संक्रमणमुक्त जिल्ला बनेका छन् । प्रवक्ता गौतमका अनुसार आइसोलेसनमा ५ हजार ३६० र क्वारेन्टाइनमा १४ हजार ४७१ रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts