इजरायलका प्रधानमन्त्री नेतन्याहुका छोराले हिन्दुहरुसँग माफी मागे

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १४ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका छोरा येर नेतन्याहूले हिन्दुहरुसँग माफी मागेका छन् । २९ वर्षीय येरले गत आइतबार ट्वीटरमा देवी दूर्गाको एक तस्वीर पोष्ट गरेका थिए, जसमा सरकारी वकिल लिआत बेन अरीको टाउको जोडिएको थियो । लिआत बेन अरीले बेन्जामिन नेतन्याहुविरुद्धको भ्रष्टाचारको मुद्दा हेर्दै आएकी छन् । बेन्जामिनका छोरा येरले पोष्ट गरेको दूर्गा देवीका हातहरुबाट अभद्र इशारा गरेको पनि देखिन्छ । देवी दूर्गाको बाहन सिंहको अनुहारमा इजरायलको महान्यायाधिवक्ताको तस्वीर जोडिएको थियो । त्यो तस्वीरसँगै उनले लेखेका थिए, ‘आफ्नो औकात बुझ तुच्छ व्यक्तिहरु हो ।’ येरले यस्तो फोटो शेयर गरेपछि उनको तीव्र आलोचना भएको थियो । त्यसपछि सोमबार उनले ट्वीटरमै माफी मागेका हुन् । येरले लेखेका छन्, ‘मैले एक व्यंग्यात्मक पेजबाट मिम शेयर गरेको थिएँ, जसमा इजरायलका नेताहरुको आलोचना गरिएको थियो । यो तस्वीरको सम्बन्ध हिन्दु धर्मप्रतिको आस्थासँग पनि छ भन्ने मलाई थाहा थिएन । मलाई जब मेरा भारतीय साथीहरुले त्यसबारे जानकारी दिए, त्यसपछि मैले मेरो ट्वीट डिलिट गरिदिएँ ।

I’ve tweeted a meme from a satirical page, critizing political figures in Israel. I didn’t realize the meme also portrayed an image conected to the majestic Hindu faith. As soon as I realised it from comments of our Indian friends, I have removed the tweet. I apologize>>

— Yair Netanyahu ?? (@YairNetanyahu) July 27, 2020

अरुलाई पनि शेयर गरौ !

Similar Posts