जबरजस्ती करणी आरोपमा युवा पक्राउ

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, साउन ११ । ताप्लेजुङ प्रहरीले महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ पर्नेमा जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका २० वर्षीय बिमल लिम्बू रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार स्थानीय एक २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भनी उजुरी परेपछि लिम्बू पक्राउ परेका हुन् । पक्राउ परेका युवा उपर करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts