एनआईसी एशियाको घरकर्जा अफरमा सेवाग्राही ह्वात्तै बढे

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, साउन १० । सभा ८ प्रतिशत ब्याजदरमा गाडी र घर किन्नका तथा घर बनाउन ऋण दिने एनआईसी एशिया बैंकको अफरमा सहभागी हुने संख्यामा अपेक्षाकृत वृद्धि भएको बैंकले जनाएको छ । एनआईसीको ताप्लेजुङ शाखाले सातादिनभित्रै करिव दर्जन बढी सेवाग्राही यो अफरमा सहभागी भइसकेको दावी गरेको छ ।
‘पहिलो दिन यो अफरका बारेमा बुझ्नु हुन्छ र दोस्रो दिनबाट अफरमा सहभागी हुनुहुन्छ’ एनआईसी एशिया बैंक ताप्लेजुङ शाखाका प्रवन्धक अनिल श्रेष्ठले भन्नुभयो । श्रेष्ठका अनुसार बैंकले ८.२५ प्रतिशत ब्याजदरमा गाडी र घर किन्नका तथा घर बनाउन ऋण दिन थालेको हो । बैंकले पहिलो पटक ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा कर्जा प्रवाह गर्ने घोषणा गरेको थियो ।
सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि कार्यमा वित्तीय सेवा सुविधा लिने ग्राहकले बैंकको योजनाबाट लाभ लिनसक्ने शाखा प्रवन्धक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो अफरका लागि अधिकतम् कर्जा सीमा १ करोड ५० लाख रुपैयाँसम्म तोकिएको छ । कर्जाको समयावधी न्यूनतम् ५ वर्षदेखि अधिकतम् ३० वर्षसम्म हुने छ । घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोराटोरियम लिन सकिने र उक्त मोराटिएम अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने सुविधा समेत राखिएको छ ।
यसैगरी सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहक महानुभावहरुले कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत अधिकतम २ करोड कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम् १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts