|

बालिका अपहरण तथा बन्धक बनाएको आरोपमा देवर–भाउजु पक्राउ

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, साउन ९ । ताप्लेजुङ प्रहरीले एक बालिकालाई अपहरण गरी शरीर बन्धक तथा जबरजस्ती करणी गरेको आरोपमा देवर भाउजुलाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिकास्थित प्वातुबारीचौक घर भई हाल फुङ्लिङ नगरपालिकामा बस्दै आएका शङ्कर लुइँटेल र गोमा कार्की लुइँटेललाई प्रहरीले बिहीबार बेलुका पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फुङ्लिङ नगरपालिका–४ न्यूरोड बजार बस्ने ३५ वर्षीय शङ्कर र सोही ठाउँ बस्ने ३८ वर्षीया गोमा नाताले देवर भाउजु हुन् । फुङ्लिङ बजारकै एक बालिकालाई विभिन्न प्रलोभनमा पारी शङ्करले प्वातुबारीस्थित आफ्नै घरमा लगी बन्धक बनाई राखेर डेढवर्ष बढी समयदेखि जबरजस्ती करणी गर्दै आएको आरोप छ ।
बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा लुइँटेल देवर भाउजुलाई पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रनाउ श्रेष्ठका अनुसार डेढ वर्षअघि अर्थात २०७५ साल मङ्सिर ११ गतेदेखि २०७६ साल चैत ७ गतेसम्म बालिकालाई घरमै बन्धक बनाई शङ्करले करणी गर्दै आएका थिए । चैत ७ पछि भने लुइँटेलको साथबाट उम्कन सफल भई बालिका झापास्थित फुपु र हजुरआमाको शरणमा बस्दै आएको बेला पुनः भाउजु गोमाले ललाई फकाई अपहरण शैलीमा घर लगेर देवर शङ्करसँग विवाह गर्न बाध्य बनाएको भनी बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।
अपहरण तथा शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका देवर भाउजु उपर अनुसन्धान गर्नुपर्ने क्षेत्राधिकार झापा जिल्ला भएकाले उनीहरुलाई शुक्रबार झापाको भद्रपुर पठाइएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts